विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाइयो

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सञ्चालकलाई हटाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबारदेखि लागू हुने गरी कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको छ । विद्युत नियमन आयोगको निर्देशनका आधारमा समितिको बैठकले ३ महिनाभित्र बक्यौता‍ तिर्ने सर्तमा लाइन जोड्ने निर्णय गरेको थियो ।

उनीहरुले यो निर्णयले प्राधिकरणको बक्यौता उठ्नुको साटो थप समस्या हुने भन्दै फरक मत (नोट अफ डिसेन्ट) लेखेका थिए । सञ्चालक समितिको निर्णयविपरीत कार्य गरेको भन्दै उनीहरुलाई साउन १५ गतेसम्मको अल्टिमेटम दिँदै स्पष्टीकरण सोधिएको थियो । तर चित्तबुझ्दो जवाफ नआएपछि ऊर्जा मन्त्रालयले उनीहरुलाई २० गते आइतबारदेखि लागू हुने गरी समितिबाट हटाउने निर्णय गरेको हो ।

साउन पहिलो साता सञ्चालक समितिको बैठकमा काटिएका उद्योगको लाइन जोड्ने सहमति भएको थियो । सञ्चालक समितिले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई माइन्युट लेख्ने जिम्मा दिएको थियो । घिसिङले ऊर्जामन्त्री तथा सञ्चालक समितिका अध्यक्ष दीपक खड्का, तत्कालीन राजस्व सचिव (हाल अर्थ सचिव डा. रामप्रसाद घिमिरे), ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलगायतको उपस्थितिमा मंगलबार दिउँसो माइन्युट तयार पारेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर