दाफा भजन फल्चा पुनःनिर्माण सम्पन्न

काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा ८ पशुपतिनाथ देवपत्तन, भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनःनिर्माण सम्पन्न भएको छ । आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले पुनःनिर्मित फल्चाको उद्घाटन गरे । फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औँ शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको भन्ने उल्लेख छ ।

जीर्ण भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेपछि फल्चाको पुनःनिर्माण गराइएको हो । वडाध्यक्ष संगतले भने, ‘पशुपति क्षेत्र विकास कोषले फल्चालाई हटाउन निकै प्रयास गरेको थियो । हामीले यसो हुन दिएनौँ । कोषकै कारण फल्चा निर्माण सम्पन्न गराउन निकै दुःख व्यहोर्नु परेको थियो ।’

फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ । उद्घाटनपछि भकुंंत्वा उपभोक्ता समितिका अध्यक्ष भाइराजा डंगोलले मौलिक शैलीमा निर्माण भएको फल्चाले हाम्रो पहिचान कायम गराएको छ बताए । वडाले प्राचीन पहिचान भएका सम्पदाको खोजी, अभिलेखन, पुनःनिर्माण र पुनःस्थापनाका कामलाई प्राथमिकता दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर