कर्णाली प्रदेश सरकारले पूर्णता ग्रहण

काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्मन्त्री यामलाल कँडेलको सिफारिसमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट चार जना मन्त्रीले शपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको हो ।

आज प्रदेश प्रमुखको कार्यालयमा राखिएको कार्यक्रममा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाले मन्त्रीको पद तथा गोपनियताको शपथ लिएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १७२ बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर