“संविधान धार्मिक ग्रन्थजस्तो होइन, यो संशोधनयोग्य दस्तावेज हो”

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन्। नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको विषय उठाएको उल्लेख गर्दै उनले स्टन्टबाजीको रूपमा सरकारले कुनै पनि काम नगर्ने बताए।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आइतबार आयोजित शपथ ग्रहण समारोहमा  प्रधानमन्त्री ओलीले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सिर्जना गर्ने गरी काम नगर्ने बताए। संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा  प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन्।

‘कतिपयले अहिले पनि हाम्रोविरुद्ध भ्रम फिजाउने कोशिश गरिरहेका छन्। हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौं। यो धार्मिक ग्रन्थजस्तो वेद हो कि, बोइबल हो कि, कुरान हो कि? जस्तो असंशोधनीय विश्वासमात्रै गर्न पर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने,’ उनले भने, ‘संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिष्कृत हुँदै जाने र परिमार्जन हुने जाने दस्तावेज हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर