सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । कांग्रेस संसदीय दलका नेता शाहले आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसामु नयाँ सरकार गठनको दाबी पेश गरेका हुन् । त्यसअघि कांग्रेस प्रदेश संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रवार राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार बन्न लागेको हो । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसद भएकाले सहज बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाई समर्थन गर्ने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर