एमाले–कांग्रेस गठबन्धन सरकार बनेसँगै आशा र भरोसा जाग्यो : नेता बस्नेत

भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धन सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।

भक्तपुरमा आज आयोजित विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुनेमा जोड दिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास व्यक्त गरे ।

एमाले भक्तपुर इञ्चार्जसमेत रहेका नेता बस्नेतले धराशायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था आएकाले उद्यमीहरू पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योग सञ्चालन गर्ने वातावरण बनाएको सम्बन्धमा नेता बस्नेतले चर्चा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर