बागमती नदी किनारमा पुरुषको शव फेला

काठमाडौं ।  ललितपुरको कुपन्डोलस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे ललितपुर महानगरपालिका–१ को वडा कार्यालयनजिक बागमती किनारमा अन्दाजी ४०/४२ वर्षका पुरुषको शव भेटिएको हो।

‘शव घोप्टो परेको अवस्थामा भेटिएको छ, बाढीले बगाएको जस्तो देखिएको छ। शव धेरै पुरानो जस्तो पनि देखिँदैन’, एसपी सुवेदीले भने, ‘पोस्टमार्टमका लागि अस्पताल लाने तयारी गरिरहेका छौँ।’ अहिलेसम्म शवको पहिचान खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर