हिजबुल्लाहद्वारा इजरायलमा हवाई आक्रमण

काठमाडौं ।  लेबनानको लडाकु समूह हिजबुल्लाहले इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको छ। इजरायलको समाचार संस्था टाइम्स अफ इजरायलका अनुसार हिजबुल्लाहले शनिवार दक्षिणी र उत्तरी इजरायलमा रकेट आक्रमण गरेको हो। तर, उक्त रकेट इजरायलको डिफेन्स सिस्टम आइरन डोमले हावामै नष्ट गरिदिएको बताइएको छ।

हिजबुल्लाहले गत २८ जुलाईमा इजरायलको कब्जामा रहेको गोलान हाइट्स क्षेत्रमा आक्रमण गर्दा १२ जना बालबालिकाको मृत्यु भएपछि यो सङ्घर्ष सुरु भएको हो। इजरायलले आफ्ना १२ जना बालबालिकाको मृत्युको बदलास्वरुप गरेको आक्रमणमा परी हिजबुल्लाका शीर्ष नेता फउद शुकर मारिएका थिए। आफ्नो शीर्ष कमान्डर मारिएको बदला लिन हिजबुल्लाहले जवाफी आक्रमण गरेको बताइएको छ। हिजबुल्लाह र इजरायलबीचको तनावका कारण भारत, अमेरिका, बेलायत, रुसलगायत विभिन्न मुलुकलले आफ्ना नागरिकलाई सक्दो चाँडो लेबनान छाड्न सल्लाह दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर