डा.बाबुरामले दिए स्वर्णिमलाई सुझाव
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई आफ्नो अभिव्यक्ति बेलैमा सच्याउन सुझाव दिएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत् भनेका छन्, “‘मन्रो डक्ट्रिन’जस्तो एउटा सार्वभौम देश/क्षेत्रमा अर्को देशको प्रभाव क्षेत्र कायम गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन । नेपालजस्तो दुई ठुला देशको बीचमा रहेको मुलुकका निम्ति त झन् अकल्पनीय कुरा हो, स्वर्णिम वाग्लेले बेलैमा भुल सच्याउनु राम्रो होला ।” वाग्लेले एक अभिव्यक्तिमार्फत् भारतले आफ्नो प्रभुत्व जमाउन खोजेको र नेपालले त्यो कुरा बुझिदिनुपर्ने आशयको अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा बैठकमा समेत चर्को आलोचना भएको थियो ।
प्रतिक्रिया