बार्सिलोनासँग हार्‍यो रियल मड्रिड

काठमाडौं । नयाँ सिजनअघिको क्ल्ब मैत्रीपुर्ण खेलमा रियल मड्रिड बार्सिलोनासँग पराजित भएको छ। अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा रियल बार्सिलोनासँग २–१ गोलले पराजित भएको हो। बार्सिलोनाको जितमा पाउ भिक्टरले दुबै गोल गरे। यता, रियलका लागि निको पाजले गरेको गोल सान्त्वना बन्यो।

खेलको ४२औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले उपल्बध गराएको पासमा पाउलले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए। पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाको लागि ५४औँ मिनेटमा पुन: पाउलले गोल गर्दै २–० को अग्रता दिलाए। दुई शून्यले पछि परेर निकै दबाबमा परेको रियलका लागि खेलको ८२औँ मिनेटमा निकोले गोल गरदै खेल २–१ को अबस्थामा ल्याए। त्यसपछि बाँकी समय थप गोल नहुँदा बार्सिलोना विजयी भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर