बाढी, पहिरोबाट अहिलेसम्म देशभर १५० जनाको मृत्यु

काठमाडौं ।  बाढीपहिरो लगायतका विपद्मा परी अहिलेसम्म १५० जनाको ज्यान गएको छ। गत जेठ २८ गते मनसुन भित्रिएको थियो। त्यसयता देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपदमा धनजनको क्षति भएको हो।

बाढीपहिरो लगायतका विपद्मा परी अहिलेसम्म १५० जनाको ज्यान गएको छ। बाढीपहिरो परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेश प्रदेशमा छ र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए। त्यस्तै, गण्डकी प्रदेशमा ४२, लुम्बिनी प्रदेशमा २७, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परी १७७ जना घाइते भएका छन्। जसमध्ये काठमाडौं उपत्यकामा १०, कोशी प्रदेशमा ३७, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा १०, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ जना छन्।

यसैगरी, काठमाडौं उपत्यकामा २६, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँचको उद्धा गरिएको कार्कीले बताए। देशभर बाढीपहिरोमा परी ४९ जना हराइरहेका छन्। जसमध्ये कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक जना छन्। उनीहरुको खोजी जारी रहेको प्रवक्ता कार्कीले बताए।

बाढीको कारण २५९ घर, ९५ गोठ, ४३ पुल, दुई विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। बाढीपहिरोबाट ७४३ पशुचौपाया मरेको प्रहरीको तथ्यांक छ। अहिलेसम्म विपद्बाट चार हजार २१९ घरपरिवार विस्थापित भएका छन्। उनीहरुमध्ये केही आफन्तजनको घरमा र केही सार्वजनिक स्थानमा आश्रय लिएर बसिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर