आष्माकुमारी केसीले जितिन् मिस नेपाल–२०२४ को उपाधि
काठमाडौं । आष्माकुमारी केसीले नेपाल–२०२४ को उपाधि जितेकी छन् । द हिडन ट्रेजरले शनिवार साँझ आयोजना गरेको ३० औं संस्करणको प्रतिस्पर्धामा सहभागी २५ प्रतिस्पर्धीलाई पाखा लगाउँदै आष्माले यो उपाधिमाथि कब्जा जमाएकी हुन् । योसँगै अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा करुणा रावतले मिस नेपाल इन्टरनेशनल तथा सुमना केसीले मिस नेपाल अर्थको उपाधि जितेका छन् ।
प्रतिक्रिया