काभा महिला भलिबल नेसन्स लिग : नेपालद्वारा भारत पहिलोपटक पराजित

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्राको कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित हासिल गरेको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो। प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जित्यो। खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्‍यो। तेस्रो सेट भने नेपालले जित्यो। नेपालले भारतलाई २५–१७ ले पाखा लगाएको हो। तर चौथो सेट १८–२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५–१३ ले पराजित गर्‍यो।

उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ। उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्राको कभर्ड  हलमा हुनेछ। जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।

नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो। जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर