मध्यपूर्व क्षेत्रमा अमेरिका उपस्थिति बढाउँदै

काठमाडौं ।  हरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्याले मध्यपूर्व क्षेत्रमा तनाव बढ्दै जाँदा अमेरिकाले उक्त क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको सिएनएनले जनाएको छ ।

“रक्षा सचिव लोयड अस्टिनले हाल ओमानको खाडीमा तैनाथ रहेको  ‘युएसएस थियोडोर रुजवेल्ट स्ट्राइक ग्रुप’ नामक नौसैनिक जहाजलाई ‘युएसएस अब्राहम लिंकन स्ट्राइक ग्रुप’ले प्रतिस्थापन गर्न आदेश दिनुभएको छ” पेन्टागनकी उप–प्रेस सचिव सबरीना सिंहले एक विज्ञप्तिमार्फत जानकारी दिए । अमेरिकाले ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सक्षम विध्वंसक मिसाइल र सैन्य जहाजहरु मध्यपूर्व र भूमध्यसागरमा पठाउने सिएनएनले जनाएको छ ।

विज्ञप्तिमा कुन युद्धपोत पठाइएको छ भनेर खुलाएको छैन् । तर अप्रिलमा पूर्वी भूमध्यसागरमा इजरायल विरुद्ध इरानको आक्रमण रोक्नमा दुई अमेरिकी सैन्य जहाज प्रयोग गरिएको थियो । “अस्टिनले यस क्षेत्रमा लडाकु मिसाइल पनि तैनाथ गर्न आदेश दिनुभएको छ”, सिंहले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर