थाइ एअर एसियालाई भैरहवाबाट उडान गर्न अनुमति : प्रधानमन्त्री

काठमाडौं । थाइ एअर एसियालाई भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति दिइएको छ । सामाजिक सञ्जाल एक्स मार्फत शनिबार  केपी शर्मा ओलीले उडान अनुमति दिइएको जानकारी दिएका हुन् ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रूपमा उपयोग गर्ने काममा जुटेको बताउँदै प्रधानमन्त्री ओलीले थप वायुसेवा कम्पनीहरूसँग समेत उडानका लागि छलफल भइरहेको उल्लेख गरेका छन् ।

Thai Air Asia has been granted permission to operate four flights in a week from Bhairahawa to Thailand. We’re working to fully utilize Pokhara and Bhairahawa international airports for international flights.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर