लोपेजको दुई गोलसँगै स्पेनलाई सेमिफाइनलमा

काठमाडौं। फर्मिन लोपेजको दुई गोलसँगै स्पेन पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। ग्रुपमा स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा स्पेनले जापानलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो।

११औं मिनेटमा पाब्लो ब्यारियोसले मिलाइदिएको पासमा लोपेजले पहिलो गोल गरेका थिए। ७३औं मिनेटमा उनलाई दोस्रो गोल गर्द सर्जियो गोमेजले अर्को मौका मिलाइदिए। ८६औं मिनेटमा अबेल रुइजले गोल गरेपछि स्पेन अन्तिम चारमा पुगेको थियो। स्पेनले फाइनल प्रवेशका लागि इजिप्टसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर