सिनामंगलस्थित एक गेस्ट हाउसमा पुरुष र महिला मृत भेटिए

काठमाडौं ।  काठमाडौंको सिनामंगलमा रहेको एक गेस्ट हाउसमा पुरुष र महिला मृत भेटिएका छन् । होटलका कामदारले दिउँसो खाना खाने वा नखाने भन्ने बुझ्न जाँदा ढोका नखोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका खोल्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरुष झुण्डिएको अवस्थामा शव फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकहरु बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिष्मा सार्की रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर