सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिए

काठमाडौं । नेकपा एस समर्थित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। आज शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा दिएको घोषणा गरे । उनले भने, “विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ। तर, मेरो पक्षमा विश्वासको मत छ जस्तो देखिएन। विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएको छ। म मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु, ।”

गत असार २० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए। उनले विश्वासको मत लिने अन्तिम दिन आज प्रदेशसभामा सदनलाई मत विभाजनको कारवाहीतर्फ नलगिकन राजीनामाको बाटो रोजेका हुन् । उनको राजीनामासँगै अब सुदूरपश्चिममा नेपाली कांग्रेस र एमालेको संयुक्त प्रदेश सरकार गठन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर