कपनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं  ।  काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । मल्लले चलाएको बागमती प्रदेश ०२–०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर