सुनको मूल्य डेढ लाख नजिक पुग्यो

काठमाडौं । आज शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला सुन १ लाख ४९ हजार ९०० सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार प्रतितोला सुन १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर