कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले प्राविधिक त्रुटि वा केही भैपरी नआएमा आजै नतिजा प्रकाशन सम्भावना रहेको बताए । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएका छन् ।

गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुने अर्यालले बताए । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी अनुत्तीर्ण हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर