रातो मत्स्येन्द्रनाथको रथलाई जाउलाखेल पुर्‍याइयो

काठमाडौं । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर जाउलाखेल पुर्‍याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि रथारोहण सुरु भएर शुभ साइतअनुसार लगनखेलको ठटी टोलमा रोकिएको रथलाई बिहीबार जाउलाखेल पुर्‍याइएको हो ।

शुभ साइतअनुसार लगनखेलको ठटी टोलबाट जावलाखेल तानिने भएकाले बिहीबार रथलाई जाउलाखोल पुर्‍याइएको रातो मत्स्येन्द्रनाथका पूजारी साहु शाक्यले जानकारी दिए । उनको अनुसार रातो मत्स्येन्द्रनाथको रथलाई जाउलाखेल पुर्‍याएको चार दिनमा भोटो देखाइन्छ ।

जाउलाखेलको ललितमण्डपमा रातो मच्छिन्द्रनाथको रथ पुर्‍याएको चार दिनमा हरेक वर्ष भोटो देखाउने प्रचलन भएकाले साउन २० गते आइतबार भोटो देखाइनेछ । जाउलाखेलको ललितमण्डपमा रहेको रातो मत्स्येन्द्रनाथको हरेक दिन भक्तजनहरूले पूजाआजा गर्नेछन् । हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने रातो मत्स्येन्द्रनाथको रथजात्रा काठमाडौं उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर