भक्तपुरको दुवाकोट हाइट बीच सडकमै भ्वाङ

 भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोट हाइटस्थित बीच सडकमै भ्वाङ परेको छ । सडकमा झन्डै १० फिट गहिरो भ्वाङ परेपछि स्थानीय त्रसित बनेका छन् । सम्भावित दुर्घनाबाट जोगाउन अस्थायी रुपमा सडक मर्मत गर्नुपर्ने भन्दै स्थानीयले सरोकारवालालाई आग्रह गरेका छन् । सो सडक खण्डको अवलोकनपश्चात बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले तत्काल सडक मर्मतका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको बताए । यसैगरी  चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधानले सडक निरीक्षण गरेर भ्वाङ पुर्न सडक डिभिजन कार्यालय भक्तपुरलाई आग्रह गरेको बताए ।

प्राविधिक टोली र ठेकेदार कम्पनीलाई बोलाएर छलफल गरेको उनको भनाइ छ । सल्लाघारी दुवाकोट वीर अस्पताल सडक खण्डको दुवाकोट हाइटमा सडक भासिँदा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ । ठेकेदार कम्पनीले सडक बनाइरहेकाले सडकको जिम्मा उसैको भएको भन्दै यसको मर्मत ठेकेदार कम्पनस्ले नै गर्नुपर्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर