कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मुसलधारे वर्षा सम्भावना

काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छँदा आज ६ वटा प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आँकलन छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमका केही तथा मधेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  यस्तै, कोशी, कर्णाली र सुदूरपश्‍चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा मधेस प्रदेशको थोरै भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर