नाइजेरियाको चिया पसलमा बम विस्फोट : १९ जनाको मृत्यु

काठमाडौं ।  उत्तरपूर्वी नाइजेरियास्थित एक  गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले बिहीबार जनाएको छ । स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भएको विस्फोट पछिल्लो  समयको सबैभन्दा घातक घटना हो ।

हालसम्म विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन यद्यपी बोको हराम जिहादी समूह र उनीहरूको प्रतिद्वन्द्वी पश्चिम अफ्रिका क्षेत्रीय इस्लामिक स्टेट दुवै बोर्नोमा सक्रिय छन् । नाइजेरियाको सेनाले हालसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन । बोर्नोको ग्वोजा क्षेत्रमा विवाह, अस्पताल र अन्त्येष्टिमा लक्षित गरी थुप्रै आत्मघाती आक्रमण गरी ३२ जनाको हत्या गरेको केही हप्तापछि काउरी आक्रमण भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर