नेपाली संगीत क्षेत्रका अग्रणी गुरुदेव कामतको निधन

काठमाडौं । नेपाली संगीत क्षेत्रका अग्रणी गुरुदेव कामतको निधन भएको छ । दुवै मिर्गौला फेल भएका कामतको जन्मस्थल सिरहाको पोखरभिन्डामा निधन भएको हो ।

गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो । उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन् । शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ थिए।

शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । पछिल्लो समय उपचारका लागि आर्थिक संकटको सामना गरेका उनका सपरिवार आफ्नो जन्मथलो सिरहामै बस्दै आएका थिए । शास्त्रीय गायक कामत नेपाल–भारत क्षेत्रमा प्रख्यात छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर