सुन तोलामा १ हजार ६ सय रुपैयाँले वृद्धि

काठमाडौं । सुनको मूल्यमा आज बिहीबार फेरि वृद्धि भएको छ । बुधबार छापावाला सुन १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो बुधबारको तुलनामा चाँदी तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर