अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

काठमाडौं ।  नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वरीयता सुधार गरेका छन्। आईसीसीले ३० जुलाइमा अद्यावधिक गरेको विवरण अनुसार ऐरीले टी२० अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता एक स्थान सुधार गरेका हुन्। यसअघि आठौं स्थानमा रहेका ऐरी अब सातौं स्थानमा चढेका हुन्। अलराउन्डरतर्फ अष्ट्रेलियाका मार्कस स्टोयनिस पहिलो स्थानमा हुँदा जिम्बावेका सिकन्दर राजा दोस्रो र बंगलादेशका सकीब अल हसन तेस्रो स्थानमा छ।

श्रीलंकाका वानिन्दु हसरंगा चौथो र अफगानिस्तानका मोहम्मद नाबी छैटौं स्थानमा छन्। टी२० को ब्याटरको वरीयतामा पनि ऐरीले ५०२ अंकसहित एक स्थान सुधार गर्दै ४४औं स्थानमा उक्लिएका छन्। ब्याटिङतर्फ नै कप्तान रोहित पौडेल ६०औं, आशिफ शेख ७१औं स्थानमा छन्। ब्याटिङतर्फ पहिलो स्थानमा अष्ट्रेलियाका ट्राभिस हेड छन्। बलिङतर्फ सोमपाल कामी एक स्थान सुधार गर्दै ९३औं स्थानमा आउँदा दीपेन्द्रसिंह ऐरी दुई स्थान सुधार गर्दै ९७औं स्थानमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर