पूर्वक्रिकेटर अंशुमान गायकवाडको निधन

काठमाडौं ।  भारतीय पूर्वक्रिकेटर तथा प्रशिक्षक अंशुमान गायकवाडको निधन भएको छ। उनकाे ७१ वर्षको उमेरमा निधन भएको हाे। अंशुमान गायकवाड लामो समयदेखि बिरामी थिए। उनलाई ब्लड क्यान्सर भएको थियो। अंशुमन भारतीय टोलीको मुख्य प्रशिक्षकसमेत रहेका थिए। बिसिसिआईले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अंशुमन गायकवाडको निधनमा शोक व्यक्त गरेका छन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अंशुमान गायकवाडजीलाई क्रिकेटमा उनको योगदानका लागि सधैं सम्झिरहनेछ। उनी निकै उत्कृष्ट खेलाडी र प्रशिक्षक थिए।’

प्रधानमन्त्रीले उनका परिवार र फ्यानहरुप्रति समवेदना व्यक्त गरेका छन्। बिसिसिआई सचिव जय शाहले पनि गायकवाडको निधनमा शोक व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘म अंशुमान गायकवाडको परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। यो सम्पूर्ण क्रिकेट समुदायका लागि निकै दुःखको कुरा हो। उहाँको आत्माले शान्ति पाओस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर