केही सस्तो हुन थाल्यो हरियो तरकारी

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारी मूल्य बिस्तारै घट्न थालेको छ । आज अधिकांश तरकारी मूल्य सामान्य घटेको छ ।

आज लोकल गोलभेंडा किलोको २२ रुपैयाँ तोकिएको छ भने ठूलो गोलभेंडा ७५ रुपैयाँ छ । हिजोको तुलनामा लोकल १७ पैसा र ठूलो गोलभेंडा १।६७ रुपैयाँले घटेको हो । त्यसैगरी हिजो १३० मा बिक्री भएको मकैबोडी १५ रुपैयाँ सस्तिएर प्रतिकिलो ११५ रुपैयाँमा झरेको छ ।

त्यस्तै, पाकेको फर्सी पनि घटेको छ । बुधबार ६५ रुपैयाँमा कारोबार भएको फर्सी १० रुपैयाँले घटेर ५५ रुपैयाँ कायम भएको छ । कालिमाटीमा तितेकरेला, लौका, रायोको साग भने महँगिएको छ । हिजो ४५ रुपैयाँ रहेको तितेकरेला आज ५५, ३० रुपैयाँ रहेको लौका ३५ र ६५ रुपैयाँ रहेको रायो साग यसदिन ७५ रुपैयाँ निर्धारण गरिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर