सरकारीनिवासमा पार्टी बैठक नराख्ने प्रधानमन्त्री ओलीको अठोट

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकारीनिवासमा पार्टीका कुनै पनि बैठक नराख्ने अठोट व्यक्त गरेका छन्। आज बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटुस लेख्दै उनले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारीनिवास बालुवाटारमा नराख्ने अठोट जाहेर गरेका हुन्।

एमालेको केन्द्रीय कार्यालय रहेको च्यासलमा सोमबार राति आएको भीषण वर्षाले पानी पसेपछि आज बोलाइएको एमाले सचिवालय बैठक होटल बसेरामा बस्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर