आजदेखि काभा महिला भलिबल नेसन्स लिग

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग आजदेखि काठमाडौंमा सुरु हुँदैछ । साउन २३ गतेसम्म चल्ने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने छ । उद्घाटन खेलमा नेपालले आज श्रीलंकाको सामना गर्ने भएको छ । नेपाल सुरुका दुई संस्करणको विजेता पनि हो । नेपालले साउन १९ गते भारतसँग खेल्नेछ भने साउन २० गते इरान र साउन २१ गते माल्दिभ्सको सामना गर्ने छ । प्रतियोगितामा नेपाल, श्रीलंकासहित इरान, भारत र माल्दिभ्सको सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर