आज बुधबार २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं ।  सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ। यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै २१ अर्ब ९१ करोडको नयाँ कीर्तिमान बनाएको हो। लगानीकर्ताले बुधबार  २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार गर्दा २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई उछिनेको हो। नेप्से सूचक बढेर उत्साहित बनेका लगानीकर्ताले अन्तिम ४ मिनेटमा करिब १ अर्ब बराबरको कारोबार गरेका छन्। २ः५६ मा २१ अर्बको कारोबार गरेका लगानीकर्ताले ३ बजेसम्म २१ अर्ब ९१ करोड रुपैयाँको कारोबार गरे।

नेप्से सूचक ६४.२५ अंकले बढेर २७६०.९० अंकमा बजार बन्द हुँदा ३ सय ३२ वटा कम्पनीको ५ करोड कित्ता सेयर २१ अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको थियो। सूचक र कारोबारको वृद्धिले ८ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर