भक्तपुरको चाँगु र सूर्यविनायकमा स्थानीयको घर जोगाउँदै सशस्त्र प्रहरी बल

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण दुवाकोटले भक्तपुरको विभिन्न ठाउँमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गस्थित बन गाउँ र वडा नं. ४ चापाखलमा अविरल वर्षाको कारण पहिरो गई दुई वटा घर जोखिम अवस्थामा रहेको भन्ने आज बुधबार जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो रोकथाम कार्यमा जुटेको हो ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक स्थानीय व्यक्तिको घर नजिकै पहिरो गई जोखिममा रहेको भन्ने जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो पन्छाउने कार्य गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर