बल्खु कृषि तथा तरकारी बजारमा बाढीबाट ३ करोडको क्षति

काठमाडौं । बल्खुस्थित कृषि तथा तरकारी बजारमा बाढी पस्दा करिब ३ करोडको क्षति भएको छ । बल्खु खोलामा राति २ बजेदेखि आएको बाढीको भेल उक्त बजारमा पस्दा ठूलो क्षति पुर्‍याएको तरकारी बजारका सञ्चालक मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार बाढी पस्दा बजार परिसरमा रहेको ५ किराना पसलबाट १ करोड रुपैयाँ बराबरको विभिन्न प्रकारको खाद्यान्न र मरमसला बेगेर क्षति भएको छ ।

यस्तै दर्जनौं तरकारी पसलबाट १ करोड रुपैयाँबराबरको ताजा तरकारीसमेत खोलाको बाढीले बगाएको छ । बाढी बजारमा पस्नुअघि विभिन्न जिल्लाबाट उक्त बजारमा तरकारी भित्रिएको थियो । तरकारी बिक्री हुन नपाउँदै सबै बाढीले बगाएको बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार पसलमा भएको टेबल, कुर्सी, जोख्ने मेसिन पनि बगाएको छ । यस्तै कम्पाउण्ड वाल भत्काउनुका साथै १० वटा तरकारी बोक्ने ठूलो ट्रक र २० वटा मोटरसाइकल पनि बगाएको छ । १० वटा तरकारी बोक्ने ठूलो ट्रक र २० वटा मोटरसाइकल बगायो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर