छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँ बढ्यो

काठमाडौं । आज बुधबार छापावाल सुन प्रतितोलामा १८ सय रुपैयाँ बढेको छ । मंगलबार १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएकोमा छापावाल सुन आज तोलामा १८ सयले बढेको हो । आज सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा ४० रुपैयाँँ बढेर १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर