हमासका प्रमुख नेता हानिया तेहरानमा भएको कारवाहीमा मारिए

काठमाडौं । इजरायलले हमासका ६२ वर्षीय प्रमुख नेता इस्माइल हानियालाई तेहरानमा भएको कारवाहीमा मारेको छ । यस कारवाहीसम्बन्धमा हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको छ । हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरायलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो । समाचार संस्था एएफपीका अनुसार इरानको रेभलुसनरी गार्ड कोरले उक्त घटना कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ । हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए । उक्त समारोह मंगलबार भएको थियो ।

इस्माइल हानिया को हुन् ?

उनको अर्को नाम अबु अल–अब्द हो । उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए । इजरेल–गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए । सन् १९८९ मा इजरायलले उनलाई तीन वर्ष जेलमा राखेको थियो । सन् १९९२ मा उनलाई हमासका धेरै नेताहरूसँगै इजरायलल र लेबनन बीचको ‘नो(म्यान्स् ल्यान्ड’को रूपमा रहेको मार्ज अल–जुहुरमा निर्वाशनमा पठाइयो । आफ्नो निर्वाशन पूरा गरेपछि उनी गाजा फर्किएका थिए । सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए । जसले उनको राजनीतिक हैसियत उच्च बनाइदियो । सन् २०१७ मा हमासको राजनीतिक विभाग प्रमुखमा निर्वाचित भएका उनलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा आतङ्कवादी घोषणा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर