भारतको केरलामा पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

काठमाडौं ।  भारतमा भारी मनसुनी वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ भने सय भन्दा बढी फसेको अनुमान अधिकारीहरूले गरेका छन् । मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो । उद्धार कार्य जारी छ । तर भारी वर्षाका कारण तथा एक पुल भत्किदा उद्धार कार्यमा अवरोध भइरहेको बीबीसीले उल्लेख गरेको छ ।

भारतीय सेनाले खोज र उद्धार कार्यमा सुरक्षा बललाई सहयोग गर्न दुई सयभन्दा बढी कर्मचारीलाई सो क्षेत्रमा खटाएको छ । कम्तीमा सय सय जना घाइतेको उपचार गरिरहेका स्थानीय अस्पतालहरूले जनाएका छन् । २ सय ५० जनालाई उद्धार गरिएको समाचार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर