उपत्यकाका नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म खतरा, सावधान रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकामा गएराति १:०० बजे भएको भारी वर्षाले बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलामा जलसतह सतर्कता तहदेखि खतराको तह पार गर्ने अवस्था छ । उपत्यकाका नदीहरूको तटीय क्षेत्रमा भारी नोक्सान पुर्‍याएको छ ।
जल तथा मौसम विज्ञान विभागले एक सूचना जारी गर्दै खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक निकारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।
ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । उक्त क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ ।

भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जल सतह सतर्कता तह पार गरेको छ । भक्तपुरको भित्री शहरबाट अरनिको राजमार्ग जोड्ने बाराहीस्थानको मंगलतीर्थ र राममन्दिर क्षेत्र डुबानमा परेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू र नदी किनारबाट यात्रा गर्नेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । काठमाडौंको धोबीखोला, चाबहिल र बागमती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।

(तस्बिरःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर