एकै पटक ९१ जना न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले  एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले  उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का सचिव यमबहादुर बुढामगरले बताए । यसैगरी  न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले दुईसचिवको सरुवा र दुई जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्तिसम्बन्धी  एजेण्डा पनि छलफलमा रहेको थियो । मंगलबार न्यायाधीशहरूको सरुवाको एजेण्डामा धेरै छलफल भएकाले नयाँ सिफारिस हुन नसकेको परिषद् स्रोतले जनाएको छ । अर्को बैठकले न्यायाधीशहरूको सिफारिस गर्ने छ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा न्यायाधीश रिक्त रहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर