माओवादीको स्थायी समिति बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने। माओवादीको चार दिनदेखि जारी पदाधिकारी बैठक आज समापन भएको छ।
प्रतिक्रिया