शेयर बजारमा ३५.५५ अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३५.५५ अंकले बढेर दुई हजार ६ सय ९६ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा आज १७ अर्ब २६ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८९ वटाको बढेको छ भने ४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । जसमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड, साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड रहेका छन् । आज एसियन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यसका साथै आज हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६० करोड १० लाखबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर