सुन प्रतितोलामा एक सय रुपैयाँ घट्यो

काठमाडौं । आज मंगलबार छापावाल सुन प्रतितोलामा एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर