३६ देशले जिते पदक, ६ स्वर्णसहित जापान शीर्ष स्थानमा

काठमाडौं । पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।

जसमा जापान ६ स्वर्ण, २ रजत र ४ कांस्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ कांस्य पदक सहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी चीनले ५ स्वर्ण, ५ रजत र २ कांस्य पदक जितेको छ भने अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १ कांस्य पदक जितेको छ भने अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ कांस्य पदक जितेको छ ।

त्यस्तै ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ कांस्य पदक जितेको छ भने   इटालीले २ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेको छ । त्यस्तै क्यानडा, हङकङ र जर्मनीले पनि २-२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन् ।  त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मङ्गोलिया, पोल्यान्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीट्जरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्यान्ड रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर