प्रस्तावित निर्वाचन आयुक्तमा कृष्णमानको नाम अस्वीकृत

काठमाडौं ।  निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।  समितिको सोमबार साँझ नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको बैठकमा उनको नाम सर्वसम्मतिले अस्वीकृत भएको नेकपा एमालेकी सचेतक सुनिता बरालले  जानकारी दिइन्। बैठक बस्नुअघि नै प्रधानले नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए। समितिबाट अस्वीकृत हुने भएपछि उनले नाम फिर्ता लिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर