पूर्व फुटबलका खेलाडी तथा प्रशिक्षक गम्भीर राईको निधन

काठमाडौं । पूर्व फुटबलका खेलाडी तथा प्रशिक्षक गम्भीर राईको निधन भएको छ । उनी ५६ वर्षका थिए । मधुमेह रोगबाट पीडित राईको उपचारका क्रममा बी एन्ड सी अस्पतालमा निधन भएको झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष भगीरथ आलेले बताए ।

झापाको भद्रपुर नगरपालिका–१० निवासी राईले १६ वर्षमुनि र १९ वर्षमुनिको उमेर समूहमा नेपालको तर्फबाट सहभागिता जनाएको थियो । यस्तै उनले न्युरोड टिम (एनआरटी), जनकपुर चुरोट फ्याक्ट्री र मनाङ मर्स्याङ्दी क्लबबाट पनि खेलेका थिए । झापा जिल्ला फुटबल सङ्घका पूर्वअध्यक्षसमेत रहेका राईले २०५६ सालमा खेलाडीका रूपमा सन्न्यास लिएपछि प्रशिक्षकका रूपमा काम सुरु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर