नेप्सेमा दोहोरो अंकको करेक्सन, कारोबार करिब १९ अर्ब ६१ करोड

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.४६ अंकले घटेर दुई हजार ६ सय ६१ दशमलब ०९ विन्दुमा बन्द भएको हो ।

 नेप्सेमा आज १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७० वटाको बढेको छ भने १६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स लिमिटेडको शेयर ९.७७ प्रतिशतले बढेको हो । यसका साथै आज दुई कम्पनीको शेयरमूल्य पनि ८ प्रतिशतले बढेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ । यसका साथै आज शिबम् सिमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ६१ करोड १२ लाखबराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर