अनुमोदन नहुने भएपछि कृष्णमानले आफ्नो नाम फिर्ता लिए

काठमाडौं । यौन उत्पीडनको उजसरी परेको प्रस्तावित निर्वाचन आयोगको आयुक्त कृष्णमान प्रधानले आज सोमबार आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने नगर्ने भन्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक डाकिएको थियो । त्यसअघि नै प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् । उनले नाम फिर्ता लिन निवेदन दिएसँगै उनको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक नबस्ने भएको छ ।
गतको असार २ गते प्रचण्ड प्रधानमन्त्री भएको बेला बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो। उनको संसदीय समितिले सुनुवाइ गरिसकेको छ। प्रधानबारे यौन शोषणको गम्भीर आरोप लागेको थियो । आफ्नै अफिसमा काम गर्ने पूर्वसहकर्मीलाई लामो समयदेखि यौन शोषण गरेको भन्दै पीडित महिलाले समितिमा उजुरी गरेकी थिईन् । प्रधानले भने सो विषय अदालतबाट टुंगिसकेको जिकिर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर