१८ जना सहकारी ठगलाई पक्राउ गरी स्वदेश फर्काउन निर्देशन

काठमाडौं । सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सहकारी छानबिन संसदीय विशेष समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।

आज समितिले गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बोलाएर राईसहित सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, सानोपाइलाका तस्विरन खातुन र अश्रफ अली, सहारा तथा सुप्रिमका सुवास केसीलाई झिकाउन निर्देशन दिएको हो । सुमेरु सहकारीको रकम अपचमलनमा संलग्न भएको आरोप लागेका भरत महर्जन, उनकी श्रीमती माजमाया, छोरा सचिन र छोरी सरलालाई नेपाल ल्याउन निर्देशन समितिले दिएको छ ।

शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन पनि समितिले गृहमन्त्री लेखक, गृहसचिव अर्याल र प्रहरी महानिरीक्षक कुँवरलाई निर्देशन दिएको समिति सभापति सूर्य थापाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर