तथाकथित बाबाजी पुष्कर खतिवडा पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको नाममा यमको (हिन्दु धार्मिक विश्वास अनुसार मृत्यु देवता) पूजा गरेको आरोपमा तथाकथित बाबाजी पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगन्जको टोलीले खतिवडालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनले आफ्नो घरमा यज्ञ गर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा राख्दै प्रधानमन्त्री ओलीलगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरेको आरोपमा पक्राउ गरिएको हो ।

एसपी अधिकारीले खतिवडालाई विद्युतीय अपराधअन्तर्गतको कसुरमा पक्राउ गरिएको बताए। ‘देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले सामाजिक सञ्जालमा भिडियो राख्दै भनेका थिए। झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् । उनी बाबाजीको भेषमा हिँड्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर